ad ad

ग्लोबल


मणिपुर हिंसा : सार्वजनिक स्थलमा निर्वस्त्र पारी बलात्कार गरिएका महिला पुगे सर्वाेच्च अदालत

मणिपुर हिंसा : सार्वजनिक स्थलमा निर्वस्त्र पारी बलात्कार गरिएका महिला पुगे सर्वाेच्च अदालत

फाइल तस्बिर : भारतको सर्वाेच्च अदालत


नेपालखबर
साउन १५, २०८० सोमबार ९:५२, काठमाडौँ

भारतको मणिपुरमा यौन हिंसा भोगेका कुकी समुदायका दुई महिला न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन्।

केही दिनअघि उनीहरुलाई सार्वजनिक स्थलमा निर्वस्त्र पारी बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

बीबीसीकी सहयोगी पत्रकार सुचित्रा मोहन्तीलाई पीडित महिलाका वकिलले उक्त प्रकरणबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने बताएकी छन्।

बीबीसी हिन्दीका अनुसार प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यस विषयमा सुनुवाइ गर्नेछ।

पीडित दुवै महिलाले केन्द्र र मणिपुर सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। 

निवेदनमा उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै पीडित महिलाहरूले आफ्नो परिचय गोप्य राखिदिन आग्रह पनि गरेका छन्।

गत मे ४ मा मणिपुरमा कुकी समुदायका दुई महिलालाई भीडले निर्वस्त्र पारी एकजनालाई यौन दुर्व्यवहार र अर्कालाई सार्वजनिक रूपमा बलात्कार गरेको थियो। यसको भिडिओ यही जुलाई १९ मा भाइरल भएको थियो।

उक्त भिडिओबारे प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘यो घटनाले १४० करोड देशवासीलाई लज्जित बनाएको छ।’ 

उक्त घटना सीबीआईले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .