ad ad

ग्लोबल


मणिपुरमा महिलालाई निर्वस्त्र घुमाइएको घटना अब सीबीआईले अनुसन्धान गर्ने

मणिपुरमा महिलालाई निर्वस्त्र घुमाइएको घटना अब सीबीआईले अनुसन्धान गर्ने

नेपालखबर
साउन ११, २०८० बिहिबार २०:४२, काठमाडौँ

भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र गाउँ घुमाइएको घटना अब सीबीआईले अनुसन्धान गर्ने भएको छ। 

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार गृह मन्त्रालय मेइतेई र कुकी दुवै समुदायसँग सम्पर्कमा छ, मणिपुरमा शान्ति पुनर्स्थापनाका लागि वार्ता गर्ने तयारी छ।

अधिकारीहरूका अनुसार सरकारले राज्य बाहिरको सुनुवाइका लागि अपिल गर्नेछ। यस विषयमा असमको अदालतमा सुनुवाइ गर्न माग गरिनेछ।

यता विपक्षी दलहरूको गठबन्धन I.N.D.I.A का सांसदहरूको टोलीले जुलाई २९-३० मा मणिपुरको भ्रमण गर्नेछ। यस क्रममा उनीहरूले हिंसा पीडितलाई भेट्ने छन्। यसअघि राहुल गान्धी पनि मणिपुर पुगिसकेका छन्। 

उता थोरवाङ र काङ्वेमा बिहीबार बिहानदेखि गोली हानाहान भइरहेको छ। मेइती र कुकी सुमदाय दुवै ठाउँमा आमनेसामने भएका छन्। त्यहाँ आज पनि हिंसा जारी छ। त्यहाँ भास्कर संवाददाता पनि पुगेका थिए। गोलीबारीको बीचमा उनीहरू समातिए र रातभर सीआरपीएफ बंकरमा बिताए। दैनिक भास्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .