ad ad

ग्लोबल


अपराधको पराकाष्ठा : केरलामा ५ वर्षीया बालिकाको बलात्कारपछि हत्या

अपराधको पराकाष्ठा : केरलामा ५ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सांकेतिक तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १०:२१, काठमाडौँ

भारतको केरलामा ५ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। 

हिन्दुस्तान टाइम्सका अनुसार केरलाको एर्नाकुलम जिल्लामा ५ वर्षीया बालिकाको शव फेला परेपछि प्रहरीले २९ वर्षीय पुरुषलाई बलात्कार र हत्या आरोपमा पक्राउ गरिएको छ। 

स्थानीय अदालतले आरोपितलाई १४ दिनका लागि हिरासतमा पठाएको छ।

आरोपित अशफाक आलम मूलतः बिहारका बासिन्दा हुन् भने उनी एक्लैले घटना गराएको त्यहाँको प्रहरीले जनाएको छ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार आइतबार बालिकाको शवलाई अन्तिम संस्कारअघि विद्यालयमा राखिएको थियो, जहाँ राजनीतिज्ञ, समाजसेवीलगायत सयौं मानिस भेला भएका थिए।

बालिकाका आफन्तले शुक्रबार बालिका बेपत्ता भएको भन्दै उजुरी दिएपछि आरोपित अश्फाकलाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार घटनास्थलको सीसीटीभी भिडिओमा अभियुक्त देखिएका छन्। 

मृतक बालिकाका आमाबुवा पनि बिहारका आप्रवासी मजदुर हुन्। बालिका कक्षा १ मा पढ्थिन्।

रिपोर्टअनुसार बालिका अपहरण हुँदा उनका बुवा काममा गएका थिए भने आमा घरायसी काममा व्यस्त थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .