ad ad

ग्लोबल


मणिपुर घटनालाई जोडेर राजस्थानमा महिला सुरक्षाको सवाल उठाउँदा मन्त्री बर्खास्त

मणिपुर घटनालाई जोडेर राजस्थानमा महिला सुरक्षाको सवाल उठाउँदा मन्त्री बर्खास्त

मणिपुरमा बलात्कार आरोपित व्यक्तिको घरमा आगजनी गर्दै महिला।


नेपालखबर
साउन ६, २०८० शनिबार ६:५१, काठमाडौँ

भारतको राजस्थानमा आगामी विधानसभा चुनाव हुनुअघि कांग्रेसको अशोक गहलोत सरकारका मन्त्री राजेन्द्र गुढालाई बर्खास्त गरिएको छ।

मुख्यमन्त्री अशोक गहलोतले शुक्रबार साँझ मन्त्रिपरिषद्‌मा राज्यमन्त्री राजेन्द्र सिंह गुढालाई बर्खास्त गर्न राज्यपाल कलराज मिश्रलाई सिफारिस गरेका थिए। राज्यपालले तुरुन्तै स्वीकार गरी मन्त्री गुढालाई बर्खास्त गरेका हुन्। 

मन्त्री राजेन्द्र गुढाले आफ्नै सरकारविरुद्ध पटकपटक बयान दिइरहेका थिए। 

उनले शुक्रबार विधानसभामा भने, ‘के सत्य हो भने हामी राजस्थानमा महिलाको सुरक्षा गर्न असफल भयौँ।’

राजेन्द्र गुढाले मणिपुर घटनालाई राजस्थानसँग जोडेर आफ्नै अशोक गहलोत सरकारलाई कठघरामा उभ्याएका छन्।

उनले भनेका थिए, ‘राजस्थानमा जसरी महिलाविरुद्ध अत्याचार बढेको छ, यस्तो अवस्थामा मणिपुरको कुरा गर्नुको सट्टा हामीले आफ्नै आँगनमा हेर्नुपर्छ।’

राजेन्द्र गुढा उदयपुरवती सिटबाट बहुजन समाज पार्टी (बसपा) को टिकटमा विजयी भएका हुन्। त्यसपछि बसपाका सबै ६ विधायकसहित कांग्रेसको समर्थनमा उनी अशोक गहलोत सरकारमा मन्त्री बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .