ad ad

ग्लोबल


तीन सातायता चिनियाँ विदेशमन्त्री नदेखिएपछि बढ्यो अड्कलबाजी

तीन सातायता चिनियाँ विदेशमन्त्री नदेखिएपछि बढ्यो अड्कलबाजी

नेपालखबर
साउन १, २०८० सोमबार २०:२,

चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका छैनन्। महत्वपूर्ण कूटनीतिक भेटघाटमा पनि नदेखिएपछि उनीबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।

गत साता जाकर्तामा आयोजित आसियान मुलुकका विदेशमन्त्रीहरुको बैठकमा पनि उनी गएनन्। विदेश मन्त्रालयले स्वास्थ्यका कारण त्यहाँ उनी नगएको जनाएको छ।

युरोपका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले यसै महिना गरेको बेइजिङ भ्रमणका क्रममा उनले छिनसँग भेट्ने कार्यक्रम थियो। तर, कुनै कारण नदिई सो भेट रद्द गरियो।

छिन पछिल्लो पटक जुन २५ का दिन सार्वजनिक रुपमा देखिएका थिए। त्यसदिन उनले श्रीलंका र रुसका अधिकारीहरुसँग भेट गरेका थिए। त्यसअघि उनले दिन बिराएर कूटनीतिक भेटवार्ता तथा कुराकानी गर्दै आइरहेका थिए। उनले गत डिसेम्बर अन्तिमतिर विदेशमन्त्रीको पद सम्हालेका थिए।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सोमबार छिन कहिले काममा फर्किन्छन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताइन्।

यसरी सार्वजनिक अनुपस्थिति अघिसम्म छिनको तीव्र गतिमा बढुवा भइरहेको थियो। 

कुनै समय विदेश मन्त्रालयका प्रवक्ता रहेका उनी २०२१ मा अमेरिकाका लागि राजदूत बने। गत वर्ष अक्टोबरमा उनको कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा बढुवा भयो।

उनले मन्त्रालय सम्हालेपछि अमेरिकासँग उतारचढावपूर्ण सम्बन्ध कायम रह्यो। गत महिना मात्र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणपछि दुई देशबीच फेरि कूटनीतिक संवादले गति लिएको थियो।

चीनमा नेता, सेलेब्रिटी तथा व्यापारीहरु स्वास्थ्य समस्याका अलावा छानबिनमा परेर पनि लामो समय सार्वजनिक जीवनबाट अनुपस्थित हुने गर्छन्।

छिनको अनुपस्थितिले गर्दा उनीबारे चीन र चीनबाहिर पनि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थालेका छन्। 

उनी नहुँदा शीर्ष कूटनीतिज्ञ वाङ यीले कूटनीतिक मामिलाको सम्पूर्ण जिम्मेवारी लिएको देखिन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .