ad ad

ग्लोबल


गुप्त दस्तावेज सार्वजनिक गरेको आरोपमा २१ वर्षीय अमेरिकी सैनिक पक्राउ

गुप्त दस्तावेज सार्वजनिक गरेको आरोपमा २१ वर्षीय अमेरिकी सैनिक पक्राउ

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १५:३५,

हालै अति गोप्य जासुसी दस्तावेज सार्वजनिक गरेको आरोपमा एफबीआईले एक अमेरिकी सैनिकलाई पक्राउ गरेको छ। २१ वर्षीय ज्याक टेइसेरिया पक्राउ परेका हुन्।

उनी अमेरिकी वायु सेनाको जगेडा शक्ति मानिने एयर नेसनल गार्डका सदस्य भएको बताइन्छ। 

‘एफबीआई एजेन्टहरुले मासाचुसेट्स एयर नेसनल गार्डका सदस्य टेइसेरियालाई हिरासतमा लिएका छन्,’ महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले भनेका छन्।

उनलाई यसैसाता अदालतमा उपस्थित गराइने बताइएको छ।

एफबीआईले एक विज्ञप्ति निकाल्दै अमेरिकी सरकार र सेनाको गोप्य दस्तावेज सार्वजनिक गर्ने कार्यमा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको जनाइएको छ।

एक सयभन्दा बढी गुप्त दस्तावेज सार्वजनिक भएपछि एफबीआईले अनुसन्धान थालेको थियो। यो चुहावट डिसकर्ड नामक मेसेजिङ प्लाटफर्मबाट सुरु भएको थियो। पछि केही दस्तावेज टेलिग्राम र ट्विटरमा पनि प्रकाशित भए।

सार्वजनिक धेरैजसो सूचना युक्रेन युद्धसँग सम्बन्धित छन्। तर, त्यसमा अमेरिकाले आफ्ना सहयोगी मुलुकहरु दक्षिण कोरिया र इजरायलमाथि गरेका जासुसीका विवरण समेत छन्।

अप्रिल ६ मा गुप्त दस्तावेज बाहिरिएको सूचना पाउनेबित्तिकै पेन्टागनले छानबिनका निकायले खटाएको थियो।

यो २०१३ मा एडवार्ड स्नोडेनले खुलासा गरेयताको सबैभन्दा ठूलो चुहावट हो। कम दस्तावेज सार्वजनिक भए पनि अमेरिकी अधिकारीहरुलाई यसले समस्यामा पारेको छ। किनभने सार्वजनिक दस्तावेज हालैका हुन्। जसमा पाँच नेटो मुलुकका सैनिक युक्रेनमा रहेकोजस्ता संवेदनशील सूचना बाहिरिन पुगेको छ।

त्यस्तै ती दस्तावेजले युक्रेनी सैनिकको अवस्था निकै कमजोर रहेको संकेत पनि गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .