ad ad

ग्लोबल


एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता  बढ्दै

एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता  बढ्दै

फाइल।


नेपालखबर
पुस ३०, २०७९ शनिबार १८:१४, काठमाडौँ

एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ।  

मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले पारस्परिक सहयोग सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

प्रशान्त महासागरका टापु देशमा आर्थिक, कूटनीतिक एवम् सैन्य प्रभाव विस्तार गर्दै अमेरिका–चीन सम्बन्धमा सन्तुलन कायम गर्नु वासिङ्टनको चाहना हो।

आगामी दुई दशकका लागि अमेरिकाले मार्सल आइल्याण्ड र पलाउसँग गरेका सम्झौताबाट उसका सैन्य र अन्य सुरक्षा अधिकार सुनिश्चित भएका छन्। 

हिन्द– प्रशान्त क्षेत्रमा आर्थिक एवम् प्राविधिक विकासका गतिविधिमा सहयोगी देशलाई सघाउँदै कम्प्याक्ट्स अफ फ्रि एसोसिएसनमार्फत विकासका दीर्घकालीन परियोजना सञ्चालन गर्न अमेरिकाले ७० करोड डलर उपलव्ध गराउने छ।

यद्यपि कम्प्याक्टका आर्थिक पक्षलाई अमेरिकी संसद्ले अनुमोदन गर्न बाँकी छ। लाभग्राही देशलाई पनि कम्प्याक्ट कार्यान्वयन बाध्यकारी हुने छैन । सहायता सम्झौतालाई निष्कर्षमा पु¥याउन वार्ताको नेतृत्व गर्नुभएका राष्ट्रपति बाइडेनका विशेष दूत जो युनले अबका सहायता रकम विगतमा अमेरिकाले उपलब्ध गराएको भन्दा अधिक हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .