ग्लोबल


कम्बोडियामा चट्याङ लागेर ६३ जनाको मृत्यु

कम्बोडियामा चट्याङ लागेर ६३ जनाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
पुस २८, २०७९ बिहिबार २०:२६, नोमपेन्ह

कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको मृत्यु भएको छ। सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो। सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताएका छन्। 

मृत्युबाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडीएम) का प्रवक्ता सोथ किम कोल्मोनीले बताए। उनले चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिएका छन्। 

‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उनले सिन्ह्वालाई भनेका छन्। 

एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने  उनले बताएका छन्।  प्रवक्ताका अनुसार मेदेखि अक्टोबरसम्म वर्षायाममा चट्याङ लाग्ने गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad