लुम्बिनी


लुम्बिनी सरकारको पहिलो निर्णय : एउटा मन्त्रालय घटाइयो

प्रवक्तामा मन्त्री आचार्य
लुम्बिनी सरकारको पहिलो निर्णय : एउटा मन्त्रालय घटाइयो

नेपालखबर
पुस २८, २०७९ बिहिबार २०:४०, देउखुरी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले आज पदभार ग्रहण गरेसँगै आजै मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ।

बैठकले १३ मन्त्रालयलाई घटाएर १२ मा झारेको छ। बैठकले मन्त्री चेतनारायण आचार्यलाई प्रवक्ता तोकेको छ। 

मन्त्रिपरिषद् बैठकले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को दीर्घकालिन सोच र लक्ष्य प्राप्तीलाई मुख्य केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।  

आर्थिक असमानता कम गर्दै सामाजिक न्यायको प्रवर्द्धन गर्न आर्थिक अनुशासन, सदाचार एवं भष्ट्राचारमुक्त चुस्त र नतिजानमूलक प्रशासनिक व्यवस्थापन मार्फत प्रदेशमा सुशासन प्रर्वद्धन, शान्ति सु–व्यवस्था, विकास र सम्वृद्धि प्राप्तीमा कटिबद्ध रही सोही अनुसार आवश्यक कार्यहरु अघि बढाउने सरकारले निर्णय गरेको प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।  

सरकारले नेपालको लोकतान्त्रिकरणका लागि जनआन्दोलन जनयुद्ध र तराई मधेशलगायतका सबै आन्दोलनमा बीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान एवं हार्दिक श्रदान्जली अर्पण गरेको छ ।

बुधबार मुख्यमन्त्री नियुक्त भएका गिरिले आज देउखुरीमा पद तथा गोपनियताको सपथ लिएका थिए। उनीसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केशीले मन्त्री पदको सपथ लिएका थिए। उनीहरूको मन्त्रालय तोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad