ad ad

ग्लोबल


जब उडिरहेको विमानभित्र बम भएको सूचना आयो...

जब उडिरहेको विमानभित्र बम भएको सूचना आयो...

नेपालखबर
पुस २६, २०७९ मंगलबार ८:५५, काठमाडौँ

मस्कोबाट गोवा आउँदै गरेको चार्टर्ड विमानमा बम रहेको धम्की आएपछि सोमबार राति गुजरातको जामनगरमा आपतकालीन अवतरण गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, पुलिस र बम डिस्पोजल टोलीले विमानमा रहेका सबै २३६ यात्रु र चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालेपछि विमानको जाँच गरेको थियो।

राजकोट र जामनगर रेन्जका आईजी अशोककुमार यादवले पीटीआईलाई यो जानकारी दिएका हुन्। 

नयाँ दिल्लीस्थित रुसी दूतावासका एक अधिकारीले मस्कोबाट गोवा आइरहेको अजुर एयरको विमानमा बम रहेको धम्की आएको भनेर भारतीय अधिकारीका तर्फबाट सूचना आएको बताएका थिए। 

विमान जामनगरस्थित वायुसेनाको एयरबेसमा अवतरण गरिएको र सबै यात्रु सकुशल रहेको अधिकारीले बताए ।

गोवाका एक प्रहरी अधिकारीले उक्त विमान डाबोलिम एयरपोर्टमा अवतरण गर्नुपर्ने थियो। सावधानीका लागि यस विमानस्थलमा सुरक्षा व्यवस्था पनि बढाइएको छ।

समाचार एजेन्सी एएनआईले जामनगर एयरपोर्ट निर्देशकलाई उद्धृत गर्दै गोवा एटीसीले विमानमा बमको धम्की आएको जनाएको छ।

विमान सोमबार राति ९:४९ बजे जामनगरमा आकस्मिक अवतरण गरिएको थियो। हाल विमानलाई छुट्टै राखेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .