ad ad

कोशी


प्रदेश १ प्रदेशसभाको बैठक बस्दै, सभामुख निर्वाचनको मिति तोकिने

प्रदेश १ प्रदेशसभाको बैठक बस्दै, सभामुख निर्वाचनको मिति तोकिने

नेपालखबर
पुस २६, २०७९ मंगलबार ९:२, विराटनगर

प्रदेश १ प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको आज  बिहान ११ बजे बस्ने बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ।

आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो। सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

उपसभामुखको निर्वाचन भने पुस ३० गते हुने छ। सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। 

उपसभामुख भने एमालेको भागमा परेको छ।

एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्।

माओवादी भित्र सभाम्ख तोक्ने बिषयमा  सहमति हुन सकेको छैन।सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सभामुखका उम्मेदवारका विषयमा छलफल भए पनि सहमति जुटेन्।

सभामुखको उम्मेदवारको नाम टुङ्गो लगाउन आज बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले बताए।

माओवादीबाट ओखलढुंगाका  सांसद बाबुराम गौतम, उदयपुरका सांसद नारायण बुर्जामगर र संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्की पनि सभामुखको दाबेदार हुन्।

ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्ने आजको प्रदेशसभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाउने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .