रुससँग जारी युद्धका बीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका भ्रमणको तयारी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बुधबार उनी अमेरिका जान लागेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटका लागि उनी अमेरिका प्रस्थान गर्न लागेका हुन्।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता जेलेन्स्कीको यो पहिलो विदेश भ्रमण हो। स्रोतका अनुसार उनले अमेरिका भ्रमणको क्रममा त्यहाँको संसद्मा पनि सम्बोधन गर्नेछन्। यद्यपि आधिकारिकरुपमा भने जेलेन्स्कीको भ्रमणको पुष्टि भएको छैन।
मंगलबार अमेरिकाको हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसीले बुधबार रातिको सेसनमा उपस्थित हुन सबै सांसदलाई पत्र पठाएकी छिन्। यद्यपि उनले पठाएको पत्रमा उक्त सभाको कारबाही के हुनेछ भन्ने विषयमा भने खुलाएकी छैनन्।
Shares

प्रतिक्रिया