ad ad

ग्लोबल


कर्मचारीलाई एलन मस्कको चेतावनी- कि मिहिनेत गर, कि जागिर छाड

कर्मचारीलाई एलन मस्कको चेतावनी- कि मिहिनेत गर, कि जागिर छाड

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १४:१६, काठमाडौँ

अमेरिकी प्रविधि व्यवसायी एलन मस्कले ट्विटर कर्मचारीहरुलाई ईमेल लेखेर मिहिनेतपूर्वक काम गर्न नसक्ने हो भने जागिर छाडेर जान चेतावनी दिएका छन्। 

अमेरिकी पत्रिका वासिङ्गटन पोस्टमा यसबारे प्रकाशित समाचार अनुसार मस्कले आफ्ना कर्मचारीलाई बिहीबारसम्म मिहिनेतपूर्वक काम गर्ने संकल्प लिन या जागिर छाड्ने निर्णय लिने भनेका हुन्। 

मस्कले आफ्नो ईमेलमा आगामी दिनमा ट्विटरलाई अझै सफल बनाउन कडा मिहिनेको जरुरी रहेको बताएका छन्। त्यसका लागि उनले कयौँ घण्टासम्म कामका लागि तयार हुन पनि उनले भनेका छन्। 

मस्कले केबल उत्कृष्ट काम देखाउन सकेमा मात्रै पदमा बसिरहन मिल्ने शर्त पनि अघि सारेका छन्। 

लगभग ४४ अर्ब डलरमा ट्विटर किनेपछि मस्क कम्पनीमा कयौँ ढाँचागत परिवर्तन गरिरहेका छन्। यसमा ट्विटरको ब्लू टिक भेरिफिकेशनका लागि शुल्क लगाउने नीति पनि छ।

मस्क आऊामी दिनमा ब्लू ट्विटर नियमलाई एक पटक फेरि  एक पटक सार्वजनिक गर्दैछन्। मस्कले ट्विटर खरिद गरेपछि अहिलेसम्म करिब ३५ सय कर्मचारीलाई जागिरबाट निकालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .