ad ad

कारोबार


ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ्ग सार्वजनिक

ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ्ग सार्वजनिक

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १४:१७, काठमाडौँ

नेपाली बैंकिङ्गजगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ्ग सार्वजनिक गरिएको छ।

बुधबार होटेल र्‍याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो।

राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप अनावरण गरी सुरू गरेका थिए। 

स्मार्ट चोइस टेक्नोलोजिजका सञ्चालक शान्तराज बतासको स्वागत मन्तव्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो।

स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गबारे विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझैपनी बैंककै शाखामा नै धाउनुपर्ने बाध्यता रहेको परिस्थिति औँल्याउँदै सो सोलुसनमा थप सुविधाहरुका साथ ओपन एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए। फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहक हरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी दिए।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरि सुदृढ, स्केलेबल र सुरक्षित छ भन्नेबारे उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .