ग्लोबल


इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध मुद्दा

इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध मुद्दा

नेपालखबर
असोज १० , तेहरान

इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो। 

तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे। 

सालेहीले भने, ‘उनीहरूले स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहूदी शासनका लागि जासुसीमा सहयोग पुर्‍याएको, राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने उद्देश्यले मिलेमतो गरेको र ‘राष्ट्रिय सुरक्षाविरुद्धको कारबाही’ समावेश छ।’

इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेसिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ।

इजरायलले यस हत्याबारे कुनै टिप्पणी गरेको छैन। सन् २०१८ मा इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फखरीजादेहले इरानको आणविक बम बनाउने प्रयासको नेतृत्व गरेको आरोप लगाएका थिए। रासस/एएफपी

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad