कारोबार


हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

नेपालखबर
असोज १० , काठमाडौँ

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३, ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन्। 

पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ। किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन्।

ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवर्द्धन गर्ने योजनाबाट सुरु गरिएको बताउँछन्- हेलम्बु एग्रो फार्म एन्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा। करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उनीहरुले गरिरहहेका छन्।

किबीले अब केही समयमा उत्पादन दिने लामाले बताए। च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन्। 

ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन। किबी, आलु, गोलभेँडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताउँछन् - सञ्चालक लामा। उनले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताए। 

यस भेगका प्रायः सबै नागरिक कृषि पेसामै आत्मनिर्भर छन्। तर किसानमा प्राविधिक ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ। तर हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने बताउँछन् - फार्मका कृषि प्राविधिक विकास पौडेल। त्यहाँबाट उत्पादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ। 

यहाँको उत्पादन अर्गानिक रहेको र नजिकै पाउँदा सहज भएको पाल्चोक माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र खड्काले बताए। 

फार्मले नियमित रूपमा ६ जनालाई र आवश्यकताअनुसार ४०/५० जनालाई रोजगारी दिएको छ। फार्ममा स्थानीय विद्यालयका विद्यार्थी पनि संलग्न छन्। यहाँ प्रयोगात्मक कक्षा गर्न विद्यार्थी आउने गरेका छन्। आफ्नै गाउँमा प्रयोगात्मक कक्षा गर्न पाएकामा हेलम्बुका मनोज पण्डितले खुसी व्यक्त गरे। रासस

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad