ad ad

ग्लोबल


को हुन् सलमान रुस्दीलाई छुरा हान्ने व्यक्ति?

को हुन् सलमान रुस्दीलाई छुरा हान्ने व्यक्ति?

नेपालखबर
साउन २८, २०७९ शनिबार १३:५७, काठमाडौँ

बुकर पुरस्कार विजेता सलमान रुस्दी अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। शुक्रबार न्युयोर्कमा मञ्चमै उनीमाथि छुरा प्रहार गरिएपछि रुस्दी हाल भेन्टिलेटरमा छन्।

भारतको बम्बईमा जन्मिएका ७५ वर्षीय यी लेखकको घाँटीमा चोट लागेको, हातको नसा छिनेको, कलेजोमा चोट लागेको तथा उनले एउटा आँखा गुमाउनसक्ने उनका एजेन्टले जानकारी दिएका छन्।

रुस्दीले लेखेको द सटानिक भर्सेस पुस्तक कयौँ मुलुकमा प्रतिबन्धित भएको थियो। १९८८ मा प्रकाशित पुस्तकका कारण उनीमाथि इस्लामिक अतिवादीहरुले फतवा जारी गरेका थिए।

सो पुस्तकका जापानी अनुवादक हितोसी इगारासिवासलाई १९९१ मा छुरा हानी हत्या गरिएको थियो। सोही वर्ष इटालियन अनुवादक एत्तोरे क्याप्रिओलो र १९९३ मा नर्वेजियन प्रकाशकमाथि पनि आक्रमण भएको थियो। रुस्दी वर्षौँ लुकेर बसेका थिए।

रुस्दीलाई न्युयोर्कमा छुरा हान्ने व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छ। उनी २४ वर्षीय हादी मतार हुन्। उनी न्यु जर्सीका हुन्।

उनको सामाजिक सञ्जाल हेरेर प्रहरीले उनले सिया अतिवादीहरुप्रति सहानुभूति राख्ने गरेको प्रहरीको भनाइ छ।

उनको घर प्रहरीले घेरेको छ।

रुस्दीको विवादित पुस्तक सटानिक भर्सेस प्रकाशित हुँदा यी आक्रमणकारी जन्मिएकै थिएनन्। यसले घृणाको बिउ कति मजबुत हुन्छ भन्ने देखाएको टिप्पणी धेरैले गरेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .