ad ad

ग्लोबल


युक्रेनमा रुस र अमेरिकाका राडार प्रणाली आमने सामने हुँदै

युक्रेनमा रुस र अमेरिकाका राडार प्रणाली आमने सामने हुँदै

नेपालखबर
साउन २४, २०७९ मंगलबार १३:२४, काठमाडौँ

युक्रेनमा रुसको राडार प्रणाली र अमेरिकाको राडार प्रतिरोधी प्रणाली आमने सामने हुने भएका छन्।

सोमबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनले राडार प्रतिरोधी मिसाइल पठाइएको घोषणा गरको हो। यसअघि अमेरिकाको पहिचान नखुलाई युक्रेनलाई मिसाइल पठाइएको जानकारी दिएको थियो। 

अमेरिकाको डिफेन्स फर पोलिसीका अन्डर सेक्रेटरी कोलिन कहलले धेरै मिसाइल युक्रेनलाई पठाइएको जानकारी दिएका छन्। तर, यकिन संख्या वा युक्रेन पुग्न लाग्ने समयबारे भने कुनै जानकारी दिइएको छैन। त्यस्तै अहिले पठाइएको राडार प्रतिरोधी प्रणालीको बारेमा पनि उनले विस्तृत जानकारी दिएका छैनन्। 

सीएनएनका अनुसार अमेरिकाले अहिले युक्रेनलाई एजीएम–८८ उच्च क्षमताको राडार प्रतिरोधी मिसाइल पठाएको हो।

यसको क्षमता ३० माइलसम्मको हुने समाचारमा उल्लेख छ। अमेरिकाले युक्रेनको सेनालाई सशक्त बनाउन आफ्नो सहयोग जारी रहने बताएको छ। 

गत फेब्रुअरीयता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ। पछिल्लो समय भने उसले आफ्नो आक्रमण पूर्वी क्षेत्रतर्फ केन्द्रित गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .