उत्तर कोरियाले रुसलाई एक लाख स्वयंसेवक लडाकु युक्रेनसँगको युद्धमा लड्नको लागि सहयोग गर्ने प्रस्ताव गरेको छ।
रुसी सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएका हुन्। समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाका एक लाख स्वयंसेवक युद्धमा भाग लिन तयार छन्।
रुसी सञ्चारमाध्यममा उत्तर कोरियाको सेनाको पनि प्रशंसा गरिएको छ। अमेरिकाले उच्च क्षमताको रकेट प्रणाली युक्रेनलाई दिने निर्णय गरेसँगै रुसी सञ्चारमाध्यमले यस्तो समाचार प्रकाशित गरेको हो।
रुसी सेनाबारे जानकार इगोर कोरोट्चेन्कोले उत्तर कोरियाले युक्रेनको फासीवादविरुद्ध लड्न चाहन्छ भने उसको प्रस्ताव स्वीकार गर्नुपर्ने बताएका छन्।
अमेरिकाको न्युयोर्कस्थित काउन्सिल फर फरेन रिलेसन्सका अनुसार उत्तर कोरियाको सेना विश्वको चौथो ठूलो सेना हो।
उत्तर कोरियामा सक्रिय सैनिकको संख्या करिब १३ लाख छ।
थप ६ लाख रिजर्भ सैनिकको रुपमा रहेका छन्।
यद्यपि उत्तर कोरियाले पुरानो हतियार र प्रविधिबाट काम चलाउँदै आएको विश्लेषकहरुको भनाइ छ।
Shares
प्रतिक्रिया