ad ad

कला


सर्वनाममा तीन पुस्ताको जम्काभेट

सर्वनाममा तीन पुस्ताको जम्काभेट

नेपालखबर
साउन २३, २०७९ सोमबार ८:१७, काठमाडौँ

सर्वनाम थिएटरको एकै प्रेक्षालयमा तीन पुस्ताका कविले कविता सुनाएका छन्। यसै साता अघिल्लो पुस्ताका दिनेश अधिकारी, मध्ये समयका श्रवण मुकारुङ र अनुज पुस्ताकी रञ्जना निरौंलाले एकै मञ्चमा कविता सुनाएका हुन्। 

तीन पुस्ताका कविहरुले आफ्ना ५/५ वटा कविता सुनाएका थिए। दिनेश अधिकारीले जंगलमा वर्षा, आवाजको सौन्दर्य, घरबाट निस्केपछि, मरणको आनन्द र अन्तिम तयारी शीर्षकका कविता सुनाएका थिए। 

कवि श्रवणले म्याडम गीता, डराउँछु म मृत्युसित, स–साना शब्दहरूसित, हुमान सिंह भुजेलको भैँसी प्रेम र आवाज आइपुग्ने मेघको उज्यालो शिर्षकका कविता सुनाए। कवि रञ्जनाले मेरो ईश्वर म नै हुँ, तिम्रा यादहरू, दशैँः सधैँ मेरो विपक्षी, समयः कविताको अनुभूतिमा र परिधिको आकांक्षा शीर्षकका कविता सुनाइन। 

‘केही समय कविताका लागि बाँचौँ’ भन्ने नारा सहित सुरु भएको कवितामा तीन पुस्ताको यो श्रृंखला हरेक दुई महिनामा एक पटक हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .