ad ad

ग्लोबल


साइकलबाट बंलङ्गै लडे बाइडेन, तत्काल उठेर भने–म ठीक छु

साइकलबाट बंलङ्गै लडे बाइडेन, तत्काल उठेर भने–म ठीक छु

नेपालखबर
असार ५, २०७९ आइतबार १२:४७, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार अमेरिकाको डेलावरस्थित रेहोबोथ समुद्री किनारामा घुम्न जाने क्रममा साइकलबाट लडेका छन्। 

रोक्ने क्रममा साइकलमै खुट्टा अल्झिएर बाइडेन सञ्चारकर्मी तथा सहयोगीको अगाडि लडेका थिए।  

लडेका बाइडेन तत्कालै उठेर आफू ठीक रहेको बताएका थिए। ७९ वर्षीय बाइडेनले त्यसपछि त्यहाँ भेला भएका मानिसहरुसँग केही समय कुराकानी गरेका थिए। 

ह्वाइट हाउसले बाइडेनलाई कुनै किसिमको चोट पनि नलागेको र उनलाई उपचारको आवश्यकता पनि नरहेको बताएको छ। 

डेलावरको समुद्री किनारामा शुक्रबार ४५ औं विवाहोत्सव मनाउन बाइडेन दम्पत्ति पुगेका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बाइडेन शनिबार पनि पारिवारिक घुमघाममा रहनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .