उत्तर कोरियाले पहिलोपटक दिग्गज महिला कूटनीतिज्ञलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ।
शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमले विदेशमन्त्रीमा चोइ सोन–हुई विदेशमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरेका हुन्।
उनलाई कट्टरपन्थी पूर्व सैन्य अधिकारी री सोन ग्वोनको स्थानमा विदेशमन्त्रीमा नियुक्त गरिएको हो। उनको कार्यकालमा दक्षिण कोरियासँग उत्तर कोरियाको वार्ता भएको थियो।
चोइ सोन हुई अंग्रेजी भाषामा राम्रो दख्खल भएकी कूटनीतिक अधिकारी हुन्। उनले अमेरिकासँगको आणविक वार्ताको क्रममा सर्वोच्च नेता किम जोङ उनको निकट रहेर काम गरेकी थिइन्।
उनले भियतनामा रद्द भएको दोस्रो शिखर सम्मेलनको क्रममा दुर्लभ प्रश्नोत्तरमा पनि भाग लिएकी थिइन्।
सो क्रममा उनले उक्त वार्ता असफल हुनुमा अमेरिका दोषी रहेको बताएकी छिइन्।
उत्तर कोरियाको प्रस्ताव अस्वीकार गरेर अमेरिकाले स्वर्णिम अवसर गुमाएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया