ग्लोबल


अमेरिकामा महँगी चार दशकयताकै उच्च

अमेरिकामा महँगी चार दशकयताकै उच्च

नेपालखबर
जेठ २९, २०७९ आइतबार १०:४५, काठमाडौँ

अमेरिकामा अघिल्लो महिनाको तुलनामा महँगी तीव्र गतिले बढेको छ। बढ्दो ऊर्जा र खाद्य सामग्रीको भाउ बढेसँगै मुद्रस्फीतिदर सन् १९८१ पछि सबैभन्दा उच्च विन्दुमा पुगेको छ। 

अमेरिकाको श्रम मन्त्रालयका अनुसार गत मे महिनामा अमेरिकाको वार्षिक मुद्रास्फीतिदर ८.०६ प्रतिशत पुगेको छ।

पछिल्लो समय महँगी बढेसँगै धेरै परिवार समस्यामा परेका छन् भने सरकारमाथि महँगी नियन्त्रणको दबाब पनि बढेको छ। यससँगै अमेरिकी केन्द्रीय बैंकले मार्चदेखि ब्याजदर बढाएको छ।

विश्लेषहरुका अनुसार सरकारले महँगी नियन्त्रणका लागि आवश्यक कदम उठाए पनि रुस र युक्रेनबीचको युद्धको कारण अमेरिकाको निर्यातमा रोक लगाइएको कारण महँगी नियन्त्रणमा थप समस्या सिर्जना भएको हो। 

सन् २०२१ को मे महिनाको तुलनामा गत महिना अमेरिकाको खाद्यान्नमा १० प्रतिशत र ऊर्जामा ३४ प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ।

महँगीको कारण अमेरिकाको हवाई टिकट, कपडाको मूल्यदेखि स्वास्थ्य सेवासम्मका सामग्रीको भाउ बढेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad