ad ad

ग्लोबल


राजदूतावास–नेपाली डायस्पोराबीच सहकार्यका बृद्धिका लागि छलफल

राजदूतावास–नेपाली डायस्पोराबीच सहकार्यका बृद्धिका लागि छलफल

नेपालखबर
असार ८, २०७६ आइतबार ११:५३,

थाइल्याण्डका लागि नबनियुक्तराजदूत गणेशप्रसाद ढकाललाई स्वागत समेत गर्ने गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले शनिबार यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अन्तर्रास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकाल र संघका राष्ट्रिय समन्वय समितिअध्यक्ष अस्सजित अवालेले राजदुत ढकाल र श्रीमति ढकाललाई खादा र बुकेले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै राजदुत ढकालले एनआरएनए थाईल्याण्डले थाईल्याण्डस्थित सम्पूर्ण नेपाली संघसस्था र समुदायका प्रतिनिधिहरुलाई समेटेर गरेको कार्यक्रम गरिएकोमा प्रसंशा गरेका थिए।

एनआरएनएसँग सरकारले ज्ञान, सीप, प्रविधि, पहुँच र लगानीको क्षेत्रमा ठूलो अपेक्षा राखेको स्मरण गराउँदै ढकालले केही समयअघि स्थापित नेपाल पोलिसी इस्टिच्युट (एनपीआई) ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोग मार्फत पुर्याइरहेको योगदानको सराहना गरेका थिए।

स्मरणीय छ, नेपाल पोलिसी इस्टिच्युट (एनपीआई) को स्थापना गैरआवासीय नेपाली संघको सक्रियतामा भएको थियो।

एनपीआईका अध्यक्ष समेत रहेका ढकालले एनपीआई सरकारका कुनै पनि नियोग लगायतका निकाय मार्फत नेपाल र नेपालीलाइ सहयोग गर्न तयार रहेको विश्वास दिलाए। एनपीआईलार्इ अन्तर्रास्ट्रिय थिङ्क ट्याङ्कको रुपमा विकास गर्न लागि परेको स्मरण गराए।

एनआरएनए थाईल्याण्डका अध्यक्ष अस्सजित अवालेले अघिल्ला राजदूतको पालामा दूतावासले एनआरएनए थाईल्याण्डसँग राम्ररी समन्वय गर्न नसकेको बताए। उनको गुनासो थियो, आफूलाई मन परेको संस्थालाई कहिले एनआरएनएको समानान्तर र कहिले माथि राखेर व्यवहार गरियो।

नयाँ राजदुतले पररास्ट्र मन्त्रालयले मान्यता दिएको संस्था एनआरएनएलार्इ प्रोटोकल अनुसार व्यवहार गरिए सबै नेपालीहरु एक हुने र नेपाल तथा नेपालीको हितमा कम गर्न सजिलो हुने सुझावपनि उनले दिए।

एनआरएनए थाईल्याण्डकि महिला फोरम संयोजक मेघा चन्दले सञ्चालन गरेको कार्यक्रममा थाईल्याण्डस्थित स्थानीय १० भन्दा बढी नेपाली संस्थाका प्रतिनिधि र विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक पनि सहभागी थिए।

यसैगरी विभिन्न अन्तर्रास्ट्रिय संस्थामा कार्यरत नेपाली विज्ञका साथै नेपाल पोलिसी इस्टिच्युटका कार्यकारी सदस्यहरुको उपस्थिति रहेको एनआरएनए थाईल्याण्डका महासचिव रवी महर्जनले जानकारी दिए।

कार्यक्रममा बैंककस्थित रेम्ब्रेन्ट होटेलमा आयोजित उक्त कार्यक्रममा एनआरएनकि पूर्व संरक्षक जयन्ती पाण्डे, फुकेटका लागि नेपाली कन्सुल प्रानी सकुलले पनि आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रममा वेब्स्टर युनिभर्सिटी नेपाली समाजले सांस्कृतिक प्रस्तुति गरेको थियो भने स्वेता पुन्जाली लगायत महिला फोरमकि सदस्य रुपा श्रेष्ठले पनि नृत्य प्रदर्शन गरेकी थिइन्।

आफ्नो कार्यकाल सम्पन्न गरेर नेपाल फर्कने तयारी गरिरहेका नियोगका उपप्रमुख जंगबहादुर गुरुङ र उनको परिवारलाई उक्त रिसेप्सन कार्यक्रममार्फत् बिदाई गरिएको थियो।

रिसेप्शनको लागि वेस्टर्न युनियन, मित्रा क्लोदिंग, हिमालय इन्, ओरिएण्टल कार्पेट, वेब्स्टर युनिभर्सिटी नेपाली समाज लगायतले आर्थिक सहयोग गरेका जानकारी संघ का कोसाध्यक्ष कान्छा गुरुङ (गाबो) ले जानकारी दिए ।

संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार, कार्यक्रममा आमन्त्रित पाहुनाका अतिरिक्त एनआरएनए थाईल्याण्डका राष्ट्रिय समिति र क्षेत्रीय समितिका पदाधिकारी, सदस्य र नेपाली नियोगका कर्मचारीहरु सहभागी थिए।

सो औपचारिक कार्यक्रमपछि आगामी दिनमा नेपाली राजदूतावास र एनआरएनए (थाईल्याण्ड) बीचको सहकार्यलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .