ग्लोबल


कोरोना महामारी युरोपमा अन्त्यतर्फ उन्मुख छः डब्ल्यूएचओ

कोरोना महामारी युरोपमा अन्त्यतर्फ उन्मुख छः डब्ल्यूएचओ

प्रतीकात्मक तस्बिर


नेपालखबर
माघ १०, २०७८ सोमबार ९:५८, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टले कोभिड–१९ को महामारीलाई नयाँ चरणमा पुर्‍याएको र अब छिटै नै युरोपमा यो महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गरेको छ।

डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगले युरोप एक किसिमले यो महामारीको अन्त्यको दिशातर्फ उन्मुख भएको बताएका हुन्। 

एएफपीलाई दिएको अन्तवार्तामा उनले आगामी मार्चसम्म युरोपमा ६० प्रतिशत मानिस कोरोना संक्रमित हुन सक्ने बताएका छन्। क्लुगका अनुसार अहिले व्यापक मात्रामा संक्रमण फैलिएकाले अबको केही समयमा अधिकांश मानिसमा कोभिड–१९ विरुद्धको प्रतिरक्षा शक्तिको विकास हुन सक्ने देखिएको छ।

त्यस्तै धेरै मानिसहरुले अहिले पनि कोरोना खोप लगाइसकेकाले महामारी अब अन्त्यतर्फ उन्मुख भएको क्लुगको भनाइ छ। ‘यस वर्षको अन्तिमसम्ममा कोभिड–१९ भन्दा पहिलाको अवस्था आउन सक्ने हाम्रो अनुमान छ। तर, महामारी फर्किन सक्छ भन्ने जरुरी छैन’, उनले भने।  

यसअघि अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि आइतबार कोभिड–१९ को महामारीबारे यस्तै आशा व्यक्त गरेका थिए। 

यसअघि डब्ल्यूएचओको अफ्रिकास्थित क्षेत्रीय कार्यालयले पनि अफ्रिकामा कोरोना संक्रमण निरन्तर घट्दो क्रममा रहेको र मृत्युदर पनि घटिरहेको बताएको थियो। 

यद्यपि अहिले नै कोभिड–१९ को महामारी अहिले नै अन्त्य हुन्छ भनेर सोच्नु हतार हुने क्लुगको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad