चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले परीक्षामा सहभागी तीन जनालाई गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका जितेन्द्रकुमार मिश्रा, बिहारका शशिभूषण सिंह र बिहारकै कृष्ण मुरारी छन्।
उनीहरूलाई कलङ्कीमा रहेको परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
ब्युरोले एक सूचना जारी गरी परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवम् परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ।
उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
12
Shares

प्रतिक्रिया