ग्लोबल


डिसेम्बर १ देखि विद्यार्थी, कामदार र भिसाधारीलाई सीमा खोल्दै अष्ट्रेलिया

डिसेम्बर १ देखि विद्यार्थी, कामदार र भिसाधारीलाई सीमा खोल्दै अष्ट्रेलिया

फाइल तस्वीर


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १२:११, काठमाडौँ

अष्ट्रेलियाको भिसाधारी, अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कमदाले डिसेम्बरबाट अष्ट्रेलिया प्रवेशको अनुमति पाउने भएका छन्। अष्ट्रेलियाले कोभिड–१९ महामारीको कारण करिब दुई वर्षदेखि बन्द रहेको सीमा खोल्ने निर्णय गरेको हो। प्रधानमन्त्री स्कट मौरिसनले डिसेम्बर १ बाट पूरा डोज कोरोना खोप लगाएका मानिसले अष्ट्रेलिया भ्रमण गर्न सक्ने बताएका छन्।

अब अष्ट्रेलिया भ्रमण गर्नेले कुनै कारण देखाउनुपर्ने छैन। यसअघि महामारीको प्रतिबन्धमा कुनै विशेष कारण देखाएर क्वारेन्टिनको नियम पालना गरेपछि मात्र अष्ट्रेलिया प्रवेशको अनुमति दिइँदै आएको छ।

डिसेम्बरबाट जापान र दक्षिण कोरियाका सबै नागरिकले अष्ट्रेलिया भ्रमणको अनुमति पाउनेछन्। यसअघि नै नोभेम्बरबाट सिंगापुरका नागरिकको लागि यो नियम लागू भइसकेको छ। 

प्रधानमन्त्री मौरिसनले राष्ट्रिय योजना निर्माणमा अहिले अघि सारिएको योजनाले सहयोग पुग्ने बताएका छन्। यो कदम अष्ट्रेलियालाई महामारीपूर्वका अवस्थामा फर्काउनको कोशेढुङ्गाा साबित हुन सक्ने मौरिसनको भनाइ छ। 

अष्ट्रेलियाको नयाँ योजनाबाट २ लाख ३३ हजारभन्दा धेरै मानिसलाई राहत पुग्न सक्ने अष्ट्रेलियाली सञ्चारमाध्यमले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad