ग्लोबल


काबुलको सैन्य अस्पतालनजिक दुईवटा बम विस्फोट

काबुलको सैन्य अस्पतालनजिक दुईवटा बम विस्फोट

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १६:०, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य अस्पतालनजिक मंगलबार अपराह्न दुईवटा बम विस्फोट गराइएको छ। 

त्यहाँको गृह मन्त्रालयका प्रवक्ताले ट्विटरमार्फत दिएको जानकारीअनुसार सरदार मोहम्मद दाउद खान सैन्य अस्पतालको ढोकामा विस्फोट भएको हो। 

प्रवक्ता कारी सईद खोस्तीले लेखेका छन्, ‘विशेष सुरक्षाबल घटनास्थल पुगेकाे छ। विस्फोटका कारण हताहती भएको छ। त्यसको विवरण पछि दिइनेछ।’

घटनाकाे विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad