यमनमा जारी द्वन्द्वमा थप ६७ जनाको मृत्यु भएको छ।
यमनको मुख्य सहर मारिबमा इरान समर्थित हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीचको भिडन्तमा दुबै पक्षका गरी ६७ जनाले ज्यान गुमाएका हुन्।
साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गर्दा धेरै हुथी विद्रोहीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यही महिना मात्रै त्यहाँ भएको सशस्त्र द्वन्द्वमा दर्जनौँ लडाकूहरू मारिएका थिए।
मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन्। प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन्। पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको सैन्य स्रोतले जनाएको छ।
तर, विद्रोहीहरूले भने आफ्नो तर्फको क्षति स्वीकारेका छैनन। सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रमण गरेको छ।
Shares
प्रतिक्रिया