रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा आमा र छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश रहेका इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका आमाछोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ।
6
Shares
प्रतिक्रिया