टाइम म्यागेजिनद्वारा प्रकाशित सन् २०२१ का संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा तालिबान संगठनका सहसंस्थापक एवं अफगानिस्तानका वर्तमान उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरसमेत परेका छन्।
यस्तै भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोभिसिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का सीईओ अदार पुनावाला पनि सूचीमा छन्।
प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले बुधबार २०२१ का सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची प्रकाशन गरेको हो।
यी पनि :
बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’
सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत
Shares
प्रतिक्रिया