ग्लोबल


महिलाविरोधी तालिबानः अधिकार माग्नेलाई बन्दुक, विश्वविद्यालय पढ्नेलाई बुर्का

महिलाविरोधी तालिबानः अधिकार माग्नेलाई बन्दुक, विश्वविद्यालय पढ्नेलाई बुर्का

काबुलमा अधिकार माग्दै सडक आन्दोलनम उत्रिएकी महिलालाई बन्दुक ताक्दै तालिबानी लडाकु र शरिया कानुनबारे जानकारी गराउन तालिबानका नेताले शनिबार काबुल विश्वविद्यालयमा आयोजना गरेको कक्षामा पूरै अनुहार छोपिने बुर्का लगाएर अफगान छात्रा।


नेपालखबर
भदौ २७, २०७८ आइतबार ६:४७, काठमाडौँ

अफगानिस्तानमा नवगठित तालिबान सरकार महिलाविरोधी देखिएको छ। उसो त उसको यसअघिको शासन पनि महिलाविरोधी र क्रूर नै रहेको भुक्तभोगी बताउँछन्।  तर तालिबानले यसपटक आफू बदलिएको र महिलालाई पनि ‘शरिया कानुनअनुसार’ स्वतन्त्रता र अधिकार दिने आश्वासन दिएको थियो।  

२० वर्षपछि तालिबानले गत अगस्ट १५ मा दोस्रोपटक अफगानिस्तानको सत्ता कब्जा गरेको हो। गत मंगलबार उसले आफ्नो अन्तरिम सरकारसमेत घोषणा गरिसकेको छ। 

तर सरकारमा एक जना पनि महिला सदस्य छैनन्। सरकार गठनअघि नै महिलाले आफूहरूले पनि पुरुषबराबर अधिकार पाउनुपर्ने माग राखेर अफगानिस्तानको राजधानी काबुललगायत विभिन्न सहरमा विरोध प्रदर्शन गरिरहेका छन्। त्यस क्रममा तालिबानले उनीहरूको माग सम्बोधन गर्नु त कता हो कता, बरु बल प्रयोग गरेर दमन गरिरहेको छ। तालिबानका लडाकुले प्रदर्शनकारी महिलालाई लछारपछार गर्ने तथा बन्दुकका कुन्दाले हानेका तस्बिर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन्। 

यो पनि : ​​यी साहसी अफगान महिला : तालिबानले बन्दुक ताक्दा पनि आँखामा आँखा जुधाएर बसिन्!

साथै यसबीच तालिबान सरकारका एक नेताले महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्ने होइन भन्ने संकुचित धारणासमेत सार्वजनिक गरेका छन्। 

यो पनि :  ​तालिबानको विभेदकारी वक्तव्य: महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्ने होइन!

उता कलेज, विश्वविद्यालय पढ्ने महिलालाई पनि तालिबानले कडा नियम लगाएको छ। यसअन्तर्गत उसले शरिया कानुन भन्दै कलेज, विश्वविद्यालयमा महिला पुरुष एउटै कक्षाकोठामा बस्न नपाउने, एकअर्कालाई हेर्न, बोल्नसमेत नपाउने, महिला विद्यार्थीलाई महिला शिक्षकले मात्रै पढाउन पाउने तथा पढ्न जाँदा पूरै अनुहार तथा शरीरका सबै अंग छोपिने बुर्का, नकाब लगाउनुपर्ने प्रतिबन्ध लगाएकाे हाे। ​

यी पनि : ​

तालिबानी शासनमा काबुल विश्वविद्यालयको पहिलो कक्षा

अफगानिस्तानमा महिलालाई पनि पढ्न अनुमति: तर बुर्का लगाउनुपर्ने, केटासँग बस्न/बोल्न नपाइने!

काबुलमा तालिबानले गर्‍याे हवाई फायरिङ, मच्चियो भागदौड (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .