ग्लोबल


पोर्नस्टार स्टर्मी र पूर्वराष्ट्रपति ट्रम्प पहिलोपटक अदालतमा आमनेसामने, यौन सम्बन्ध राखेको दाबी

पोर्नस्टार स्टर्मी र पूर्वराष्ट्रपति ट्रम्प पहिलोपटक अदालतमा आमनेसामने, यौन सम्बन्ध राखेको दाबी

फाइल तस्बिर : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प र पोर्नस्टार स्टर्मी


नेपालखबर
बैशाख २६, २०८१ बुधबार ९:०, काठमाडौँ

अमेरिकी पोर्नस्टार स्टर्मी डेनियल र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको म्यानहट्टन अदालतमा पहिलोपटक आमनेसामने भएका छन्।

ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय चुनावअघि चुपचाप बस्न स्टर्मी डेनियललाई १.३० लाख डलर गैरकानुनी रूपमा दिएको अभियोग छ, जसको सुनुवाइ अदालतमा चलिरहेको छ।

डोनाल्ड ट्रम्पलाई चिनाउन नभनेसम्म स्टर्मी लगभग दिनभर मौन बसेकी थिइन्।

बीबीसीका अनुसार स्टर्मीले अदालतमा पूर्वराष्ट्रपति ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको दाबी गरेकी छन्। तर, ट्रम्पले आरोपको खण्डन गरे। 

ट्रम्पले आफ्ना वकिल माइकल कोहेनले स्टर्मीलाई मौन बस्नका लागि पैसा दिएको भने स्वीकार गरेका छन्।

स्टर्मीले ट्रम्पसँगको भेटको बारेमा यति विस्तृत जानकारी दिएकी थिइन् कि न्यायाधीशले केही कुरा नभन्नु नै राम्रो भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .