ग्लोबल


तालिबानको विभेदकारी वक्तव्य: महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्ने होइन!

तालिबानको विभेदकारी वक्तव्य: महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्ने होइन!

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार ११:१८, काठमाडौँ

अफगानिस्तानमा आफूहरूलाई पनि राज्यसत्तामा पुरुषबराबर अधिकार माग्दै महिलाको आन्दोलन दिनप्रतिदिन चर्किंदै गएको छ।

महिलाको विरोध प्रदर्शन राजधानी काबुलबाट विस्तार हुँदै उत्तरपूर्वी प्रान्त बदख्सामसम्म पुगिसकेको छ। त्यहाँ पनि धैरै महिला सडकमा उत्रिएका छन्। 

यसैबीच सत्तारूढ तालिबान संगठनले भने महिलाविरोधी धारणा सार्वजनिक गरेको छ। 

तालिबानका प्रवक्ता सैयद जकिरुल्लाह हाशमीले भनेका छन्, ‘महिला मन्त्री बन्न सक्दैनन्। महिला मन्त्रिपरिषदमा हुन जरुरी छैन। उनीहरूको काम बच्चा जन्माउने हो। प्रदर्शनकारी महिलाले अफगानिस्तानका सबै महिलाको प्रतिनिधित्व गर्दैनन्।’ एजेन्सी

यो पनि : ​

यी साहसी अफगान महिला : तालिबानले बन्दुक ताक्दा पनि आँखामा आँखा जुधाएर बसिन्!

एकाएक बरादर किन खसालिए उपप्रधानमन्त्रीमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .