समाज


अफगानिस्तानमा महिलालाई पनि पढ्न अनुमति: तर बुर्का लगाउनुपर्ने, केटासँग बस्न/बोल्न नपाइने!

अफगानिस्तानमा महिलालाई पनि पढ्न अनुमति: तर बुर्का लगाउनुपर्ने, केटासँग बस्न/बोल्न नपाइने!

नेपालखबर
भदौ २१, २०७८ सोमबार १८:२६, काठमाडौँ

अफगानिस्तानमा झन्डै एक महिनादेखिको उथलपुथलबीच कलेज तथा विश्वविद्यालयरूहमा पढाइ सुरु गरिएको छ। केटी विद्यार्थीलाई पनि पढ्ने अनुमति त दिइएको छ, तर कडा नियमका साथ।

सोमबार मजार ए सरिफस्थित इब्न ए सिना युनिभर्सिटीको तस्बिर सार्वजनिक भएको छ। जसमा कक्षालाई पर्दा लगाएर दुई भागमा बाँडेको देखिन्छ। एकातर्फ छात्र (पुरुष), अर्कातर्फ छात्रा (महिला)।   

केटी विद्यार्थीले पालना गर्नुपर्छ यी आदेश
१. कलेज–विश्वविद्यालय जाँदा नकाब लगाएकै हुनुपर्छ। 

२. निजी विश्वविद्यालयमा पढ्न जानेले बुर्का लगाएकै हुनुपर्छ। 

३. हरेक छात्राले धेरैजसो समय आफ्नो अनुहार छोपेर राख्नुपर्छ। 

महिलालाई बुर्का अनिवार्य
अफगानिस्तानमा तालिबानको शासन सुरु हुनुअघि सडकमा बुर्का र नकाब लगाएका महिला कमै देखिन्थे। तर अहिले लगभग सबै महिलाले त्यस्तो पोसाक लगाउन थालेका छन्। तालिबानले महिलालाई अनुहारको धेरै भाग ढाकिने नकाब लगाउन भनेको छ। 

केटीलाई महिला शिक्षकले मात्र पढाउन पाउने
गत अगस्ट १५ मा काबुल कब्जा गरेपछि तालिबानले महिलाको शिक्षाबारे केही आदेश जारी गरेको थियो। जसअनुसार केटा र केटी सँगै बसेर पढ्न नपाइने, छुट्टाछुट्टै कक्षाकोठा हुनुपर्ने, केटीलाई महिला शिक्षकले मात्रै पढाउन पाउने, यसकारण महिला शिक्षक भर्ती गरिनुपर्ने, यस्तो स्थिति नभएमा वृद्ध पुरुष शिक्षकले पढाउन सक्ने, तर यसअघि उनीहरूको विगत राम्रोसँग हेरिनुपर्छ।

महिला शिक्षक नै छैनन्
महिला विद्यार्थीको कक्षा पुरुष विद्यार्थीको भन्दा ५ मिनेट पहिले छुट्छ, कारण केटा विद्यार्थी निस्कनुभन्दा पहिले सबै केटी विद्यार्थी घर गइसकून्।​ 

कलेजमा केटा र केटीबीच कुरा गर्न पनि प्रतिबन्ध छ। एएफपीसँग कुरा गर्दै अफगानिस्तानका एक प्राध्यापकले भने, ‘धेरै विश्वविद्यालयमा महिला शिक्षक नै छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .