ग्लोबल


काबुलमा तालिबानले गर्‍याे हवाई फायरिङ, मच्चियो भागदौड (भिडिओ)

काबुलमा तालिबानले गर्‍याे हवाई फायरिङ, मच्चियो भागदौड (भिडिओ)

नेपालखबर
भदौ २२, २०७८ मंगलबार १३:४९, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलमा भयानक घटना भएको खबर आएको छ। 

अफगान सञ्चारमाध्यमका अनुसार काबुलमा तालिबानले फायरिङ गरेका हुन्। 

न्युज एजेन्सी एएफपीका अनुसार पाकिस्तानको विरोधमा आयोजित र्‍याली तितरबितर पार्न तालिबानले हवाई फायरिङ गरेको हो।

यस क्रममा भागदौड मच्चिएको र धेरै जना महिला तथा बालबालिका घाइते भएको खबर छ। तर यसको विस्तृत विवरण आइसकेको छैन। 

अफगान सञ्चारमाध्यम टोलो न्युजले आफ्नो ट्विटरमा राखेको तलको भिडिओ फुटेजमा गोली चलेको आवाज सुनिन्छ र मानिसहरू भागिरहेको देखिन्छ। 

तालिबानले गत अगस्ट १५ तारिखदेखि अफगानिस्तानको सत्ता कब्जा गरेको हो। उनीहरूको शासनमा आफूहरूको अधिकार खोसिन लागेको भन्दै त्यहाँका महिलाले केही दिनयता दैनिकजसो विरोध प्रदर्शन गरिरहेका छन्। 

यस क्रममा उनीहरूले सोमबार रातिसमेत विरोध प्रदर्शन गरेका थिए।

यी पनि–

अत्याचारविरुद्ध जाग्दै अफगानिस्तानका महिला, काबुलमा राति पनि विरोध प्रदर्शन (भिडिओ)

पन्जसिरमा ड्रोन हमला गरेको आरोप लागेपछि बोल्यो पाकिस्तानी सेना, के हो घटना?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .