ग्लोबल


यी साहसी अफगान महिला : तालिबानले बन्दुक ताक्दा पनि आँखामा आँखा जुधाएर बसिन्!

यी साहसी अफगान महिला : तालिबानले बन्दुक ताक्दा पनि आँखामा आँखा जुधाएर बसिन्!

नेपालखबर
भदौ २३, २०७८ बुधबार १९:८, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको ३ हप्तापछि तालिबानले मंगलबार साँझ आफ्नो नेतृत्वमा सरकार घोषणा गर्दै थियो। त्यही बेला अफगानिस्तानको हेरातमा भने तालिबानविरुद्ध प्रदर्शन र नाराबाजी भइरहेको थियो। त्यसलाई रोक्न तालिबानका लडाकुले फायरिङ गरे, जसमा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

यसअघि मंगलबार दिउँसो राजधानी काबुलमा गरिएको पाकिस्तानविरोधी र्यालीमा पनि तालिबानका लडाकुले हवाई फायरिङ गरेका थिए। तर त्यस क्रममा कोही हताहती भएको खबर आएको छैन। 

तथापि एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ, जसमा प्रदर्शनकारीलाई तालिबानले बन्दुक ताकिरहेका छन्, तर पनि नागरिक डराएका छैनन्, आँखामा आँखा जुधाएर बसेको देखिन्छ। 

यस्तै महिलाको विरोध प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि तालिबानले यसरी निर्घात कुटेका छन्। 

यो पनि–

तालिबानविरुद्ध समानान्तर सरकार बनाउने पन्जसिर सेनाको घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .