ad ad

ग्लोबल


तालिबानी शासनमा काबुल विश्वविद्यालयको पहिलो कक्षा

तालिबानी शासनमा काबुल विश्वविद्यालयको पहिलो कक्षा

नेपालखबर
भदौ २६, २०७८ शनिबार २२:४६, काठमाडौँ

दोस्रोपटक अफगानिस्तानको सत्तामा पुगेको तालिबानले शरिया कानुन कसरी लागू गर्छ भन्ने कुराको झलक शनिबार देखिएको छ। 

तालिबानका नेताले शरिया कानुनबारे जानकारी गराउन शनिबार काबुल विश्वविद्यालयमा कार्यक्रम आयोजना गरेको हो। जसमा विश्वविद्यालय पढ्ने ३ सय युवती सहभागी थिए।

कार्यक्रममा विशेष कुरा के थियो भने सबै युवतीको अनुहार बुर्काले ढाकिएको थियो।

युवतीलाई शरिया कानुन मान्ने शपथ पनि खुवाइएको थियो। यस क्रममा हरके युवतीले हातमा तालिबानको झन्डा लिएका थिए। तालिबानले आफ्नो शासनमा महिलाका लागि विशेष किसिमको पोसाक व्यवस्था गरेको छ।

यसअघि कलेज तथा विश्वविद्यालयमा पनि पढाइ सुरु गर्दा केटा र केटीलई अलग अलग राखिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .