गण्डकी


मुग्लिन-पोखरा सडक: काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

मुग्लिन-पोखरा सडक: काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

नेपालखबर
असार ३०, २०८२ सोमबार १९:५५, दमौली (तनहुँ)

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ।

तेस्रोपटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो।

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ।

कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ। उनले भननुभयो, ‘कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन्। अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ। अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।’ 

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। सो कामको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको हो। विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad