गण्डकी


कोटीहोम रोक्न पुनः उच्च अदालत पोखरामा रिट दायर

कोटीहोम रोक्न पुनः उच्च अदालत पोखरामा रिट दायर

नेपालखबर
फागुन २, २०८१ शुक्रबार २०:५५, पोखरा

विवादित धर्मगुरु विजय कृष्णमूतिको अगुवाइमा पोखरामा आयोजना हुन लागेको कोटीहोम रोक्न उच्च अदालत पोखरामा पुनः रिट परेको छ।  

उच्च अदातल पोखराले बिहीबारमात्रै मानव सेवा फाउण्डेसनको नाममा हुन लागेको कोटीहोमलाई अवरोध नगर्नू भन्ने उत्प्रेषणयुक्त आदेशपछि शुक्रबार अधिवक्तात्रय भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले रिट दायर गरेका हुन्। 

उनीहरुले मानव सेवा फाउण्डेसन, नेपाल ट्रष्ट, पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, पोखरा महानगरपालिका, वडा नं। १३, र १४ सहित जिल्ला प्रशासन कार्यालय कास्की र डिभिजन वन कार्यालय कास्कीलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।

‘महायज्ञका सुत्राधार विजय कृष्णमुर्तिले प्रस्तावित स्थानमा नै महायज्ञ गरी छाड्ने आवश्यक परे अधार्मिक कार्य समेत गर्न पछि नपर्ने भनि घोषणा गर्नुभयो। यसबाट हजारौं वर्षंदेखि धार्मिक एंव जातीय एकता कायम रहेको पोखरामा धार्मिक द्वन्द्व बढाउने काम भएको छ। यस्तो सम्भावनालाइ समयमा  नै रोक्न यी संरक्षित स्थलहरुमा महायज्ञ नगर्नु भनि उक्त फाउन्डेसनका नाममा परमादेश जारि गरि पाऊँ,’ रिटमा भनिएको छ।

रिटमा फेवातालको ६५ मिटर र सिमसार संरक्षित क्षेत्रमा रहेको नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराहीघाट क्षेत्रको ४८ रोपनी जग्गा मानव सेवा फाउण्डेसले २०८२ वैशाख १ गते देखि जेठ १५ गतेसम्म गर्ने भनिएको कोटिहोम विराट ज्ञान महायज्ञलाई अस्थायी टहरासमेत बनाउन दिने नेपाल ट्रष्टको सहमति बदर गर्न माग गरिएको छ।

रिटमा प्रदेशको उद्योग, पर्यटन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र वडा नं। ६ ले आयोजकलाई दिएको अनुमति बदरको माग पनि गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad