गण्डकी


आगामी आवका लागि पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख

आगामी आवका लागि पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख

नेपालखबर
असार ५, २०८३ शुक्रबार १८:८, काठमाडौँ

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ। 

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार बजेट पेश गरेकी हुन्। कुल बजेटको पुँजिगततर्फ ४४.९ प्रतिशत र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।

बजेटको खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकार सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख समानिकण अनुदान ४९ करोड ३७ लाख गरी वित्तिय हस्तान्तणको ३ अर्ब १८ करोड ६० रहेको छ। 

गण्डकी प्रदेश  कुल ३ अर्ब १८ करोड ६० लाख गरि वित्तिय हस्तान्तणको रहेको छ। गण्डकी प्रदेश सरकारबाट समपुरक अनुदान ६९ लाख, विशेष अनुदान ४० लाख, समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार गरि वित्तीय हस्तान्तरण रकम ९ करोड १५ लाख ३६ हजार रहेको छ। राजश्व बाँडफाटबाट १ अर्ब ३१ करोड  १४ हजार रहेको गुरुङले जानकारी दिइन्।

आन्तरिक आयतर्फ २ अर्ब ४८ करोड ७६ लाख ९१ हजार  अनसमान गरिएको छ। सडक, भवन र पूर्वाधार तर्फ १ अर्ब ६९ करोड विनियोजन गरिएको छ। पूर्वाधार, शहरी विकास र शहरी उत्थानशिल तथा जीवनयापन सुधार परियोजना अन्तरगत पर्यटन पूर्वाधारका आयोजना समेका लागि २ अर्ब ८९ करोड ५५ लाख बिनियोजन गरिएको छ। स्वास्थ्य शिक्षातर्फ २ अर्ब ९ करोड ९७ लाख विनियोजन गरिएको छ।

महानगरपालिकाको प्रशासनिक तथा कार्यक्रम सञ्चालन र सशर्त बजेटसहित १ अर्ब १० करोड ५९ लाख विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad