गण्डकी


काठमाडौँ अदालतमा आफै उपस्थित हुने रविको चाहना

काठमाडौँ अदालतमा आफै उपस्थित हुने रविको चाहना

नेपालखबर
पुस २५, २०८१ बिहिबार २०:१४, पोखरा (कास्की)

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाएपछि काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुन चाहेको बताएका छन्।

उनका विरुद्ध अन्य जिल्लामा पनि सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धान चलिरहेको भन्दै प्रहरीले तत्काल नछाड्ने भने पनि रविले काठमाडौँमा आफै उपस्थित हुने बताएका हुन्।

यस विषयमा प्रहरीले कानुनी परामर्श गरिरहेको छ। प्रहरी स्रोतका अनुसार, रविले काठमाडौँ अदालतमा उपस्थित हुने भरपर्दो आधार देखाएमा आजै छाड्न सकिने विकल्प पनि छलफलमा छ।

काठमाडौँ प्रहरीले जिल्ला अदालतमा मुद्दा बुझाइसकेका कारण अब यो विषय अदालतकै क्षेत्राधिकारमा रहेका कारण पनि प्रहरीले लचकता अपनाउन सक्ने ती अधिकारीले बताएका छन्। यद्यपि, चितवन, पर्सा र रुपन्देही प्रहरीले पनि ती जिल्लाका अदालतबाट पक्राउ अनुमति लिएर राखेका छन् र मुद्दा पनि अदालतमा बुझाएका छैनन्।

कास्की अदालतमा अभियोगपत्र दर्ता गराउँदा सरकार पक्षले रवि छुटी जाने भए प्रहरी प्रतिनिधिलाई नै जिम्मा लगाइदिन माग गरेको थियो। अभियोगपत्रमै उक्त कुरा माग गरिएको भएन कास्की अदालतले बिहीबार गरेको थुनछेकसम्बन्धी आदेशमा भने यस विषयमा कुनै कुरा उल्लेख गरिएको छैन।

रविसँग कास्की अदालतले ६५ लाख रूपैयाँ धरौटी माग गरेको छ। 

काठमाडौँ जिल्ला अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा रविसहित ३९ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले जिल्ला अदालतमा अभियोगपत्र दायर गरिसकेको छ। गत आइतबार अभियोगपत्र दर्ता भएसँगै प्रहरीले रवि लामिछाने र छविलाल बन्जाडे जोशीलाई पठाइदिन प्रहरीले पत्राचार गरिसकेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा उनीहरूविरुद्ध २ अर्ब ४१ करोड ३४ लाख ९१ हजार ७६९ रुपैयाँ बिगो माग गरिएको छ। यसमध्ये १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँ जाहेरवालालाई भराइदिनुपर्ने अभियोग पत्रमा उल्लेख छ।

रविका हकमा मात्र ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ बिगो तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad