नेपाल टेलिकमले कर्णालीको हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको जनाएको छ।
सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो बीटीएसमा यही पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको हो।
‘विकट भौगोलिक अवस्थितिका कारणले मर्मतकार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, कम्पनीले भनेको छ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउन समेत नेपाल टेलिकमले अनुरोध गरेको छ।
48
Shares

प्रतिक्रिया