ad ad

गण्डकी


गण्डकी मन्त्रिपरिषद् विस्तार, देवकोटा र मनाङेले लिए शपथ

गण्डकी मन्त्रिपरिषद् विस्तार, देवकोटा र मनाङेले लिए शपथ

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १२:१८, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रबहादुर पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले मन्त्रिपरिषद्मा मंगलबार दुई मन्त्री थप गरेका हुन्। 

नवनियुक्त मन्त्रीद्वय फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबारै शपथ पनि लिएका छन्।

प्रदेश प्रमुख कृष्णप्रसाद धितालले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन्। 

देवकाटोले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए भने मनाङेले कित्ता फेर्दै पाण्डेलाई मत दिएका थिए। 

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया–हतौडाबाट विजयी भएका थिए। उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्।

मनाङे भने ६० सदस्यीय प्रदेश सभामा शक्ति जतातिर ढल्कियो, उतैतिर ढल्किँदै आएका छन्। स्वतन्त्र सांसद भए पनि पछिल्लोपल्ट उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .