ad ad

खेल


सन्दीपलाई टिममा राखेर आफ्ना छोरालाई वैकल्पिक बनाएकोमा प्रतीश जिसीकी आमाको गुनासो

सन्दीपलाई टिममा राखेर आफ्ना छोरालाई वैकल्पिक बनाएकोमा प्रतीश जिसीकी आमाको गुनासो

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १२:२७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगिसकेका छन्। 

भाेलि (बुधबार) बिहान अमेरिकाको फ्लोरिडामा  हुने श्रीलंकासँगको खेलपछि नेपाली टोली अरू दुई खेलको लागि वेस्ट इन्डिज जानेछ। वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुने गरी सन्दीपलाई टोलीमा समेट्दा प्रतीश जिसीलाई वैकल्पिक खेलाडीको रूपमा टोलीमा राखिएको छ। 

प्रतीशलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी आमा प्रतिभा जिसीले घुमाउरो ढंगले असन्तुष्टि जनाएकी छन्। सन्दीपलाई शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ?’

‘जुन ११ मा फ्लोरिडामा हुन गइरहेको नेपाल र श्रीलंकाको गेम हेर्न जाँदै थिएँ। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिइँन, राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुनेँ,’ उनले लेखेकी छन्, ‘बाबुले पनि केही भनेको थिएन। एकैचोटि समाचार सुन्दा मन भारी भयो।’

उनले फेरि सन्दीप टिममा समावेश हुँदा मन खुसी भएको पनि बताएकी छन्। ‘मैले नबुझेको पनि हुन सक्छु। मनमा लागेको कुराचाहिँ स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ? त्योचाहिँ बुझ्न सकिनँ,’ उनले भनेकी छन्।

‘तर यहाँ मेरो छोरो, तेरो छोरो भन्दा पनि सबै खेलाडी हाम्रै छोरा हुन्। यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ,’ उनले लेखेकी छन्, ‘जुन खेलाडी टिममा भए पनि नेपालको लागि राम्रो खेल्ने खेलाडी हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दीप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु। नेपाल क्रिकेट टिम एउटा परिवार हो। यहाँ दाइ र भाइ जसले खेले पनि देशकै लागि खेल्ने हो। सन्दीपलाई शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .