गण्डकी


पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो

पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १४:५२, पोखरा

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन सुरु गरेको छ। 

महानगरले बिहीबार डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काएको हो। महानगरपालिकाकाअनुसार प्रमुख राजनीतिक दल र विभिन्न संघ–संस्थाका गरी जम्मा ९ वटा भवनहरूमा डोजर चलाइएको छ।

सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले गत आइतबारदेखि ‘खोलारघर क्लियर’ गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।

अतिक्रमित संरचना हटाउने यस कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad