डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्याल शनिबार मृत भेटिएका छन्।
वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका-३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाका आधारमा घरपरिवारका सदस्यले सनाखत गरी जिम्मा लिएको जानकारी दिए।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान गरी शव परिवारको जिम्मा लगाएको बताए। रासस
216
Shares

प्रतिक्रिया