ad ad

गण्डकी


पोखरामा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरामा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

नेपालखबर
जेठ २१, २०८१ सोमबार १९:२१, पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलका शिक्षक कास्कीको रुपा गाउँपालिका ६ का ३२ वर्षीय सुदिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशील भागमा समेत शिक्षक अधिकारीले लठ्ठीले प्रहार गरी घाइते बनाएको जाहेरी प्रहरीमा परेको थियो।

जाहेरीका आधारमा प्रहरीले शिक्षक अधिकारीलाई पक्राउ गरी जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान अगािड बढाएको छ।

उक्त कसूरमा १ वर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।

सो कसूरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .