ad ad

समाज


इलाममा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु

इलाममा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु

नेपालखबर
जेठ २१, २०८१ सोमबार १९:२८, काठमाडौँ

इलाममा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ।

चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो।

जिपमा सवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए। भेटिएको शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जानकारी दिएको छ।

जिपमा ६ जना सवार रहेको प्रारम्भिक जानकारी आएको पनि एसपी ढकालले नेपालखबरलाई बताए।

उनका अनुसार चार जनाको भने उद्धार भइसकेको छ। एक जना महिलालाई अस्पताल लगेको र तीन जना शकुशल बाहिर निस्कन सफल भएको पनि एसपी ढकालले बताए।

जिप खोलामै रहेको र अहिले प्रहरीले जिप बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .