गण्डकी


गण्डकीमा कांग्रेसको चेतावनी- सभामुखसमेतको समर्थनमा सरकार बनाए अदालत जान्छौँ

गण्डकीमा कांग्रेसको चेतावनी- सभामुखसमेतको समर्थनमा सरकार बनाए अदालत जान्छौँ

नेपालखबर
चैत २५, २०८० आइतबार १३:७, पोखरा

गण्डकी प्रदेशमा एमालेसहितको गठबन्धनले सभामुखसमेतको बहुमत देखाउँदै सरकार गठनको दाबी पेस गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसले असंवैधानिक कदम भन्दै अदालत जाने चेतावनी दिएको छ। 

एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले सभामुखसमेत जोडेर आइतबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। 

त्यसलगत्तै कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखले पदबाट नहटीकन सरकार निर्माण प्रक्रियामा कसैलाई समर्थन गर्न नपाइने भएकाले त्यो असंवैधानिक कदम हुने टिप्पणी गरेका हुन्। 

उनले भने, ‘सर्वोच्च अदालतले नै उक्त नजिर बनाएको अवस्थामा प्रदेश प्रमुख डिल्लीराज भट्टले कानुन, नजिर र अवस्था हेर्दै विवेक प्रयोग गर्ने आशा छ। यो असंवैधानिक हो।’

गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले बलजफ्ती एमालेका अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ति गरे स्वीकार नगरिने चेतावनी उनले दिएका छन्। 

पाण्डेले भने, ‘हामी कानुनी प्रक्रियामा जान्छौँ।’ 

अधिकारीले सभामुखलाई समेत गणना गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत जोडेर उनले आफ्नो पक्षमा ३१ मत देखाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .